
शनिबार साँझ ५ बजेर ५८ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४.४ म्याग्निच्यूडको पराकम्पन आएको हो ।
यो गत वर्षको वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’कै पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि, मंसिर १३ गते पछिल्लोपटक रामेछाप र सोलुखुम्बुको सिमाना केन्द्रबिन्दू भएर ५.६ म्याग्निच्यूडको पराकम्पन आएको थियो ।
भूकम्प मापन केन्द्रकाअनुसार शक्तिशाली गोरखा भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूडभन्दा माथिको ४७५ ओटा पराकम्पन मापन भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्