१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ग्यासको बुलेट पल्टियो, चालक र सहचालक घाइते


0
Shares

तीव्रगतिमा रहेको बुलेट घुम्तीमा अनियन्त्रित भइ सडकछेउमा पल्टिएको हो । दुर्घटनामा चालक र सहचालक दुबैजना घाइते भएका छन् ।

चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान भने खुलिसकेको छैन ।

धादिङको भुमेस्थानस्थित ओम ग्यास उद्योगका लागि वीरगन्जबाट ग्यास लिएर आउँदै गरेको बुलेट दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ ।