
पाल्पाको दोभान–२ बाट देउराली जाँदै गरेको जीप दुर्घटनामा अरु १६ जना घाइते भएका छन् । विवाहमा गएको गाडी राति १० तिर फर्कदै गर्दा दुर्घटनामा परेको स्थानीयले बताएका छन् ।
मृत्यु हुनेमा देउराली युवा क्लबका अध्यक्ष मीनबहादुर थापा, स्थानीय यमबहादुर राना, हरिप्रसाद राना र जयबीर बाकावल छन् ।
लु १ ज २६८९ को दुर्घटनाग्रस्त जीपमा विवाहको बाजा बजाउने २२ जनाको टोली चढेका थिए ।
जीप ब्रेक फेलभई अनियन्त्रित हुँदा दुर्घटना भएको जनाइएको छ । घाइतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्