
पोखरा रंगशालामा बुधबार सम्पन्न सेमिफाइनलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्रको महिला टिम फाइनलमा प्रवेश गरेको हो । सशस्त्रले पुलिसलाई २५–१५, २५–१४ र २५–१५ ले हराएको हो ।
फाइनलमा सशस्त्रले न्यू डायमन्ड र पश्चिमाञ्चलबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
यस्तै, बुधबारै भएको पुरुषतर्फको सेमिफाइनलमा पुलिस क्लबले सशस्त्रमाथि ३–१ को जित निकाल्दै महिलातर्फ भएको हारको बदला लिएको हो ।
अब उपाधिका लागि पुलिसले विहीबार हुने त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्