
शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा पश्चिमाञ्चलको महिला टिमले नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गरेको हो ।
तेस्रो स्थान हासिल गरेको पश्चिमाञ्चलले ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
शुक्रबार नै पुरुषतर्फ तेस्रो स्थानका लागि पश्चिमाञ्चल र सशस्त्र प्रहरीको टिमबीच भएको खेलमा पश्चिमाञ्चलले नै बाजी मार्यो ।
पश्चिमाञ्चलले सशस्त्रलाई ३–२ को सेटमा हराउँदै गर्दै पुरुषतर्फ पनि तेस्रो भएको हो ।
योसँगै पश्चिमाञ्चलले ३३ हजार ३ सय ३३ रुपैयाँ नै पुरस्कार पाएको छ ।
प्रतियोगिताको महिला तथा पुरुष दुबैतर्फको उपाधि भिडन्त भने शनिबार हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्