२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बसन्तपुरमा ६० लाख रुपैयाँको लागतमा खेलमैदान निर्माण


0
Shares

चालु आर्थिक वर्षमा बसन्तपुर नयाँ शहरी विकास आयोजनाको ६० लाख रुपैयाँ लागतमा खेलमैदान निर्माणको काम भइरहेको छ ।

यो वर्ष कटिङ, ग्याभिङ र जाली लगाउने काम भइरहेको छ । १२० लम्बाई र ९० मिटरको चौडाई भएको खेल मैदान निर्माणको काम आगामी वैशाखसम्ममा पुरा हुने निर्माण कम्पनीले जनाएको छ ।

प्याराफिड, शौचालय, ड्रेसिङ तथा चेन्जिङ रुम, स्टेजलगायत पूर्वाधारसहितको सुविधासम्पन्न मैदान निर्माण गरिने नयाँ शहरी विकास आयोजनाको कार्यालय बसन्तपुरका प्रमुख द्रोणमान कटुवालले बताए ।

आगामी ५ वर्षसम्म मैदान आधुनिकीकरणमा ६ करोड रुपैयाँ खर्च गरिने कार्यालायले जनाएको छ ।