२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


नेकपाको श्रद्धाञ्जलिसभा


0
Shares

काठमाडौं, फागुन २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीलगायतको निधनमा बिहीबार श्रद्धाञ्जलिसभा गरेको छ ।

नेकपा मुख्यालय काठमाडौंमा गरिएको श्रद्धाञ्जलिसभामा बोल्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको सेवा गर्दागर्दै र लोकतन्त्रलाई सफल बनाउन लागिरहेकै अवस्थामा उनीहरुको निधन भएको धारणा राखे ।

यस्तै, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले उनीहरुको मृत्युबाट देशलाई ठूलो क्षति भएको भन्दै समयक्रममा झन् अभाव खड्किने बताए ।

श्रद्धाञ्जलिसभामा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, वामदेव गौतम, कृष्णगोपाल श्रेष्ठ, विष्णु पौडेल तथा दिवंगत व्यक्तिहरुका परिवारजनको पनि सहभागिता रहेको थियो ।