बलात्कृत युवतीको रद्द भयो बिहे • Image Khabar Image Khabar


बलात्कृत युवतीको रद्द भयो बिहे


Imagekhabar
४ फाल्गुन २०७३, बुधबार ०६:५०

बलात्कृत युवतीको रद्द भयो बिहे

१७ वर्षीया किशोरीको फागुन ३ गते विवाहका लागि तिलक तय थियो । केटी पक्षले सार्वजनिक भए विहे प्रभावित हुने डरले घटना लुकाएको थियो । तर बलात्कारमा संलग्न युवाले नै घटना सार्वजनिक गरेपछि विवाह रद्द भएको छ ।

केटा पक्षले घटना विवरण थाहा पाएपछि विवाह नहुने सूचना पठाएको छ । विवाह रद्दपछि किशोरीकी आमा चिन्तामा परेको आफन्तले बताए ।

विपन्न परिवारकी युवती भारत भन्दा नेपालमा सजिलो र सस्तैमा विवाह हुने भन्दै आमाबुबासहित आएकी थिइन् । मंगलबार केटाको घरमा तिलक लिएर जाने कार्यक्रम थियो ।

जिल्लाको तौलिहवा–लुम्बिनी सडक खण्डअन्तर्गत पकडी बजार नजिक सिसौ घारीमा गत माघ २६ गते सामूहिक बलात्कार भएको थियो । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्