उड्ने कारको सफल परीक्षण, जुलाईसम्ममा बजारमा आउने • Image Khabar Image Khabar


उड्ने कारको सफल परीक्षण, जुलाईसम्ममा बजारमा आउने


Imagekhabar
४ फाल्गुन २०७३, बुधबार ०९:०१

उड्ने कारको सफल परीक्षण, जुलाईसम्ममा बजारमा आउने

यो कारमा यात्री आफैं चालक हुन्छ । एक सीट क्षमताको यो कारलाई आधा घण्टा रिजार्ज गर्दा ५० किलोमिटरसम्म उडाउन सकिन्छ ।

सो कारलाई चीनको एक कम्पनीले निर्माण गरेको हो ।

दुबईले सन् २०३० सम्म मुलुकलाई ‘सेल्फ ड्राइभिङ ट्रान्सपोर्ट सिस्टम’ मा लैजाने योजना अघि सारेको छ । यस्तो अवस्थामा यो कार सवारी चाप कम गर्न निकै उपयोगी हुने विश्वास गरिएको छ ।

दुबईका अधिकारीहरुका अनुसार यो कारले ३ सय मिटरको उचाइमा उडान गर्दछ । एक घण्टामा यसले एक सय किलोमिटरको यात्रा पार गर्दछ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्