२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


एकैपटक १०४ ओटा उपग्रहको प्रक्षेपण गरेर भारतले बनायो कीर्तिमान


0
Shares

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)ले एकैपटक १०४ ओटा उपग्रह प्रक्षेपण गरेर कीर्तिमान बनाएको हो ।

कुनैपनि देशले अन्तरिक्ष अभियानअन्तर्गत् एकैपटक यति धेरै उपग्रह प्रक्षेपण गरेको यो पहिलोपटक हो ।

यसअघि, सन् २०१४ मा रुसले एकैपटक ३७ उपग्रहको प्रक्षेपण गरेर कीर्तिमान राखेको थियो । तर, भारतले रुसलाई पछि पार्दै १०४ ओटा उपग्रह प्रक्षेपण गरेको हो ।

इसरोले प्रक्षेपण गरेका १०४ उपग्रहमध्ये तीनओटा भारतका हुन् । बाँकी एक १०० ओटा इजरायल, काजकस्तान, नेदरल्यान्ड, स्वीट्जरल्यान्ड र अमेरिकाका हुन् ।

यस अभियानबाट भारतले कीर्तिमान राख्नुका साथै एक सय करोड रुपैयाँ ती देशबाट आम्दानी गरेको पनि बताइएको छ । (एजेन्सी)