१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024


माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते


0
Shares

धनकुटा, असार २२ । धनकुटामा माइक्रो बस दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।

हिलेबाट धरान जाँदै गरेको को१ख २८४७ नम्बरको माइक्रोको ब्रेक फेलभई धनकुटा बजारस्थित रमाइलो घुम्तीमा दुर्घटना भएको हो ।

ब्रेक फेल हुँंदा माइक्रो बस सडकको किनारामा रहेको टेलिकमको पोलमा ठोक्किएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।