
भूतपूर्व खेलाडी मन्च नेपालको आयोजनामा शनिबार पोखरामा भएको प्रतियोगितामा नवराजले निर्धारित् दुरी दुई घन्टा ३४ मिनेट २४ सेकेन्डमा पूरा गरे । उपाधिसँगै नवराजले ६० हजार रुपैयाँ जितेका छन् ।
त्यस्तै, ३३ सेकेन्डले पछि परेका आर्मीकै लालबहादुर थापा दोस्रो हुँदा आर्मीकै ज्ञानप्रसाद भट्टराईले दुई घन्टा ३६ मिनेट चार सेकेन्डमा दुरी सकाउँदै तेस्रो स्थान ओगटे ।
सशस्त्र प्रहरीका गणेशसिंह ठकुरी चौथो भए । उनीहरुले क्रमशः ४० हजार, २५ हजार र चार हजार रुपैयाँ पाए ।
यस्तै, पाँच किलोमिटर पुरुष दौडमा महेन्द्र राजभण्डारी तथा महिलातर्फ ललिता लामिछाने पहिलो भए ।
ह्विलचियरतर्फ सुरेश गौली पहिलो भए ।
म्याराथनमा स्पेनका एक विदेशीसहित १७० जना धावकले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्