२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पुलिसले जित्यो पाथीभरा भलिबल


0
Shares

जिल्ला भलिबल संघ ताप्लेजुङले आयोजना गरेको ‘राउन्ड रोबिन’को आधारमा खेलाइएको प्रतियोगिताको अन्तिम तथा निर्णायक खेलमा शनिबार त्रिभुवन आर्मी क्लबलाई १९–२५, १५–२५, २५–२०, २५–२२ र १५–११ ले हराउँदै पुलिसले १२ अंकका साथ उपाधि जितेको हो ।

दोस्रो भएको आर्मीले ९ अंक बटुल्यो । सशस्त्र प्रहरी ६ अंक जोड्दै तेस्रो भयो ।

च्याम्पियन बन्न सफल पुलिसले तीन लाख ३० हजार रुपैयाँ पुरस्कार जित्यो भने दोस्रो भएको आर्मीले एक लाख ६५ हजार रुपैयाँ पुरस्कार पायो ।

प्रतियोगितामा पुलिस, आर्मी र सशस्त्र प्रहरीका साथै दुई क्षेत्रीय टोली मध्यमाञ्चल र पूर्वाञ्चलको सहभागिता रहेको थियो ।