सीमाबाट फर्काएर १९४ जनालाई परिवारमा मिलन • Image Khabar Image Khabar


सीमाबाट फर्काएर १९४ जनालाई परिवारमा मिलन


Imagekhabar
८ फाल्गुन २०७३, आईतवार १०:३९

सीमाबाट फर्काएर १९४ जनालाई परिवारमा मिलन

गएको एक वर्षमा यसरी उनीहरूलाई घर फर्काइएको माइती नेपाल चितवनका क्षेत्रीय कार्यक्रम संयोजक युवराज दवाडीले जानकारी दिए ।

सहजकर्ता, स्वयंसेवक ठाउँठाउँमा परिचालन गरी उनीहरूलाई घर पठाइएको हो ।

एक वर्षमा बेचबिखन हुनबाट १ सय २ जनालाई रोकेको र बेचबिखनमा परेका ३४ जनाको उद्धार गरेको समेत उनले जानकारी दिए ।

एक वर्षे अवधिमा दुई हजार १ सय ६४ जनालाई वैदेशिक रोजगारबारे जानकारी गराइएको छ । १३ हजारभन्दा बढी प्रचार सामग्री वितरण गरेको माइती नेपालकी सहजकर्ता जयन्ती खनालको भनाइ छ ।

हराएको भनी माइती नेपालमा खोजीका लागि १ सय ३ जनाको निवेदन परेकोमा ४० जना भेटिएका छन् । घरेलु हिंसामा परेका ४१ घटनामध्ये २४ घटना समाधान भएको माइती नेपालले जनाएको छ ।

पछिल्लो समयमा यातायातकर्मीलाई प्रशिक्षण दिएर उनीहरूलाई चेतना दिन थालिएको छ । सार्वजनिक यातायातमा काम गर्ने कर्मचारीले सामान्य ध्यान दिए भने यो बेचबिखन न्यूनीकरण हुनसक्ने भएकाले उनीहरूलाई चेतना दिन थालिएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस्