 
	    काठमाडौं । जिल्ला अदालत कैलालीले टिकापुर हत्याकाण्डमा सांसद रेशमलाल चौधरीलाई दोषी ठहर गरेको छ ।
जिल्ला अदालत कैलालीले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो ।
त्यसैगरी १२ जनालाई तीन बर्ष कैदको सजाय सुनाएको छ भने तीन जना निर्दोष ठहर गरेको छ ।
जसमध्ये लक्ष्मण थारु तीन बर्ष जेल बसिसकेकाले रिहा हुने भएका छन् । लक्ष्मणसहित २३ जना जिल्ला कारागार कैलालीमा छन् ।
घटनाका मुख्य अभियुक्त भनिएका सांसद चौधरी हाल राजधानीको डिल्लीबजार कारागारमा थुनामा छन् ।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले यस्तो फैसला गरेको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्