२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


स्वीडेनलाई ह्वाइट हाउसले दियो प्रष्टीकरण


0
Shares

आन्तरिक द्वन्द्वलगायतका कारण विस्थापित भएका आप्रवासीलाई शरण दिइएमा खिल्ली उडाइएको भन्दै स्वीडेनले आपत्ति जनाएपछि ह्वाइट हाउसले सफाई दिएको हो ।

राष्ट्रपति ट्रम्पले फ्लोरिडामा गरेको एक र्‍यालीमा जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम जस्ता यूरोपीय मुलुकले शरण दिएर अनावश्यक समस्या निम्त्याएको टिप्पणी गरेका थिए ।

ती देशले कुनै छानबीन र कागपत्र बिना त्यस्ता मानिसलाई शरण दिइएको भन्दै ट्रम्पले आफू भने त्यसरी शरण नदिने र मुलुकलाई सुरक्षित बनाउने दावी गरेका थिए ।

यस टिप्पणीप्रति स्वीडेनले अमरीकासँग जवाफ मागेको थियो । ह्वाइट हाउसले भने कुनै देश विशेषका बारेमा त्यसरी भन्न नचाहेको भन्दै प्रष्टीकरण दिएको हो । (एजेन्सी)