Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय, चुनावको मिति घोषणा भएन्


0
Shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सामान्य प्रशासन मन्त्री हितराज पाण्डे नेतृत्वको सुझाव समितिले दिएको प्रतिवेदन स्वीकार गर्दै विज्ञहरुसँग थप छलफल गरेर तराईका जिल्लामा स्थानीय तहको संख्या बढाउन सुझाव दिएको छ ।

बैठकले समितिलाई सात दिनभित्र प्रतिवेदनलाई पूर्णता दिन आग्रह गरेको छ । बैठकले संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको छ ।

भोलि बस्ने संसद बैठकमा संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको हो । स्थानीय चुनावको मिति घोषणाका लागि बसेको भनिएको बैठकले त्यसबारे भने निर्णय गर्न सकेन ।

आजै दिउँसो २ बजे बस्ने मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिको सिफारिस गर्ने र साँझ ६ बजे बस्ने बैठकले चुनावको मिति घोषणा गर्ने बताइएको छ ।