२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सुस्त मनस्थिति भएकी महिला बलात्कृत


0
Shares

रौतहट । रौतहटमा एक सुस्त मनस्थिति भएकी महिला बलात्कृत भएकी छन् ।

चन्द्रपुर नगरपालिका–१ पौराई ब्रम्हस्थान मन्दिर परिसरभित्रै गएराति ती महिलालाई सोही स्थानका ४५ बर्षिय बिदुर भनिने तेजबहादुर खड्काले बलात्कार गरेका हुन् ।

मदिरा सेवन गरेका खड्काले जबरजस्ती करणी गरेको स्थानीयले देखेपछि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

उनलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा राखिएको प्रहरी निरीक्षक सन्तोष पाठकले जानकारी दिए ।