२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


भ्रष्टाचार अन्त्य नगरेसम्म आईएसलाई हराउन सकिदैनः ट्रान्सपरेन्सी इन्टरनेशनल


0
Shares

आईएस पराजीत भएको हेर्न चाहनेहरुले आ–आफ्नो देशमा चुलिएको भ्रष्टाचार न्यून गर्नैपर्ने एक प्रतिवेदनमार्फत् ट्रान्सपरेन्सीले औल्याएको हो ।

भ्रष्टाचारविरुद्ध कार्यरत विश्व संस्था ट्रान्सपरेन्सीले मध्यपूर्वसहितका मुलुकमा आतंकवाद मौलाउनुमा एक मूख्य माध्यम बनेको भ्रष्टाचार नियन्त्रणका लागि अमेरिका, बेलायतसहितका पश्चिमा देशले आँखा चिम्लेकामा पनि आलोचना गरेको छ ।

सैनिक बजेटप्रति उत्तरदायी बनाउन दबाब सृजना गर्न पनि उसले अपील गरेको छ ।

अन्धाधुन्ध रुपमा भइरहेको भ्रष्टाचारलाई देखाएर आईएसले मानिसहरुलाई आफूप्रति आकर्षित गरिरहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ । (एजेन्सी)