२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


केन्याविरुद्धको क्रिकेटका लागि १९ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा


0
Shares

                                                                                  फाइल फोटो
केन्याविरुद्ध हुने विश्व क्रिकेट लिगका लागि पारस खड्काको कप्तानीमा मंगलबार टोलीको घोषणा भएको हो ।

छानिएका खेलाडीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, मोहम्मद आरिफ शेख, दिलीप नाथ, मेहबुब आलम, करण केसी, मोहम्मद आसिफ शेख र सागर पुन छन् ।

त्यस्तै, भुवन कार्की, शरद भेषावकर, शक्ति गौचन, अविनाश कर्ण, सोमपाल कामी, सुनील धमला, दीपेन्द्रसिंह ऐरी, बसन्त रेग्मी, राजेश पुलामीमगर, विनोद भण्डारी र सन्दीप लामिछाने १९ जनाको टोलीमा अटाएका छन् ।

आइसीसी प्रतिनिधि वेंकटपथि राजु, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान खड्काले खेलाडी छनोट गरेका हुन् ।

केन्याविरुद्धको भिडन्तपूर्व नेपालले भारतमा तीनओटा अभ्यास खेल खेल्नेछ ।

शुक्रबार भारत गएर फर्किएपछि प्रदर्शनका आधारमा चार वैकल्पिकसहित १८ जनाको टोली सार्वजनिक गरिने जनाइएको छ ।

कप्तान खड्का भने बिरामी भएका कारण भारत जाने छैनन् ।