
पहिलो खेलमा स्थानीय टोली मोहोमडन स्पोर्टिङ क्लवलाई २-० ले हराएको मनाङले आज अफगानिस्तानको शाहिन आस्मायीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
आजको खेल जितेमा नेपाली टोलीको सेमिफाइनल यात्रा तय हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार वजे चितगोङस्थित मोहम्मद अजिज रंगशालामा हुनेछ ।
अफ्गान टोली शाहिन आस्मायी समूह चरणको पहिलो खेलमा आयोजक चितगोङ अवहानी लिमिटेडसँग ३-१ ले पराजित भएको थियो ।
नेपालले समूह चरणको अन्तिम खेलमा शुक्रबार आयोजक चितगोङ अवहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिता यही फाल्गुन १९ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्