२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मनाङ–मर्स्याङ्दी अफगानी क्लबसँग पराजित, सेमिफाइनल यात्रा कठिन


0
Shares

बुधबार भएको खेलमा मनाङ ३–१ ले पराजित भएको हो । कमजोर डिफेन्सको फाइदा उठाउँदै आस्मायीले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि दुई गोल गरेको हो ।

२–० ले पछि परेको अवस्थामा ७२औं मिनेटमा बिमल बस्नेतले गोल फर्काउँदै मनाङलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर, त्यसपछि आस्यामीले अर्को गोल थपेसँगै मनाङको खेलमा फर्किने सम्भावना सकिएको हो ।

यो हारले मनाङको सेमिफाइनल प्रवेशको यात्रा भने कठिन बनेको छ ।

यसअघि, आफ्नो पहिलो खेलमा स्थानीय टोली मोहमेदन स्पोर्टिङ क्लबलाई २–० ले हराएको मनाङले अब सेमिफाइनलमा पुग्न समूहको अन्तिम खेलमा शुक्रबार आयोजक चितगोङ अवहानी लिमिटेडलाई फराकिलो अन्तरले हराउनैपर्ने हुन्छ ।