२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


टर्कीका सैनिक महिलाले बुर्का लगाउन पाउने तर अनुहार छोप्न नपाइने


0
Shares

टर्कीमा सन् १९८० देखि महिला सैनिकले बुर्का लगाउन नपाउने नियम रहेकोमा सरकारले यो प्रतिवन्ध फुकुवा गरेको हो ।

सरकार बुर्काको रंग बर्दिकै जस्तो हुनुपर्ने र टोपीभन्दा भित्र लगाउन सक्ने तर अनुहार भने छोप्न नपाइने व्यवस्था गरेको हो ।

सरकारले नयाँ नियम बनाए पनि यो टर्कीको राजपत्रमा प्रकाशित भएपछि मात्रै लागु हुने बताइएको छ ।

बर्षौंदेखि पक्ष र विपक्षमा बहस भइरहेको यो विषयमा टर्की सरकारले बुर्कामाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

धर्म निरपेक्षताका पक्षधरले बुर्का धार्मिक रुढीबादीको प्रतिक भएको आरोप लगाउँदै आएका छन् । (एजेन्सी)