Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षाले छाप्ने


0
Shares

आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलगायतका पदाधिकारीले शुक्रबार केन्द्रको स्थलगत निरीक्षण गरी मतपत्र छपाइलगायतको कार्यका विषयमा छलफल गरेपछि उक्त निर्णय गरेको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतपत्र छपाइका लागि आवश्यक पर्ने जनशक्ति, प्रेसको अवस्था तथा अन्य प्राविधिक तथा सुरक्षात्मक हिसाबले पनि केन्द्र नै उपयुक्त रहेको निष्कर्षका आधारमा मतपत्र छपाइको कार्य केन्द्रले नै गर्ने निर्णय गरिएको बताए ।

आयोग पदाधिकारीले केन्द्रको सम्पूर्ण अवस्था एवं छपाइको सम्पूर्ण कार्यका बारेमासमेत चासो राखेको र केन्द्रका पदाधिकारीले आयोगले दिने सम्पूर्ण जिम्मेवारी समयमा नै निर्वाह गर्ने वचन दिएका थिए ।

वि.सं. २०३६ सालको जनमत संग्रहदेखि हालसम्मका सबै निर्वाचनको मतपत्र केन्द्रले नै छाप्दै आएको छ । रासस