चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ मा चाँडै सम्झौता हुने प्रधानमन्त्रीको दाबी

नेपाल भ्रमणमा रहेको वान बेल्ट वान रोड (ओबीओआर) अन्तर्राष्ट्रिय प्लेटफर्मको ४१ सदस्यीय टोलीसँग आइतबार भएको भेटमा प्रधानमन्त्री दाहालले यो जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दाहालले नेपालको भौतिक पूर्वाधार विकासमा ‘वान बेल्ट वान रोड’ अवधारणा निकै महत्वपूर्ण रहेको चिनियाँ टोलीसँग बताएका थिए ।
‘चीनसँग चाँडै नयाँ समझदारीपत्रमा हस्ताक्षर गरेर हामी वान बेल्ट वान रोड अवधारणाको अंग बन्न चाहन्छौं,’ दाहालले भने ।
परराष्ट्र मन्त्रालयले ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपाल सहभागी हुन तयार रहेको जनाउँदै दुई साताअघि चीनलाई पत्र लेखेको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट