राफिन्हा र मेस्सीको गोलले बार्सिलोना विजयी, रियाल मड्रिड शिर्ष स्थानमा • Image Khabar Image Khabar


राफिन्हा र मेस्सीको गोलले बार्सिलोना विजयी, रियाल मड्रिड शिर्ष स्थानमा


Imagekhabar
१६ फाल्गुन २०७३, सोमबार ०७:२०

राफिन्हा र मेस्सीको गोलले बार्सिलोना विजयी, रियाल मड्रिड शिर्ष स्थानमा

आइतबार राती एथ्लेटिको मड्रिडको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन राफिन्हा र लियोनल मेस्सीले १-१ गोल गरे । पराजित टोली एथ्लेटिको मड्रिडका डिएगो गोडिनले एक गोल फर्काए ।

राती नैं भएको अर्को खेलमा रियाल मड्रिडले भियारियाललाई ३-२ ले हरायो । तालिकाको शिर्ष स्थानमा रहेको रियाल मड्रिडलाई विजयी गराउन ग्यारेथ बेल, रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे ।

ला लिगाअन्तर्गतका अरु खेलमा एथ्लेटिक बिल्बाओले ग्रानाडालाई ३-१ ले हराउँदा इस्पानियोलले ओसासुनालाई ३-० ले पराजित गर्‍यो ।

रातिका खेलहरुपछि ला लिगाको अंक तालिकामा २३ खेलबाट ५५ अंक जोडेको रियाल मड्रिड शिर्ष स्थानमा छ ।

एक खेल बढी खेलेको बार्सिलोना ५४ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको सेभियाको ५२ अंक छ ।

प्रतिक्रिया दिनुहोस्