मनाङ मस्र्याग्दीले आज माल्दिभ्सको टिसी स्पोर्टससँग खेल्ने • Image Khabar Image Khabar


मनाङ मस्र्याग्दीले आज माल्दिभ्सको टिसी स्पोर्टससँग खेल्ने


Imagekhabar
१६ फाल्गुन २०७३, सोमबार ०९:३१

मनाङ मस्र्याग्दीले आज माल्दिभ्सको टिसी स्पोर्टससँग खेल्ने

सेमिफाइनलमा मनाङको भिडन्त माल्दिभ्सको टिसी स्पोर्ट्स क्लवसँग हुँदैछ । खेल नेपाली समय अनुसार आज वेलुकी ६ वजे बंगलादेशको चितगोङस्थित मोहोमद अजिज रंगशालामा हुनेछ ।

नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ पनि माल्दिभ्सको टिसी स्पोर्ट्स क्लवबाट खेलिरहेका छन् ।

टिसी स्पोर्ट्स समुह ए को विजेता बन्दै सेमीफाइनलमा पुगेको हो । उता मनाङ भने समुह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा दक्षिण कोरियाको एफ.सी पोचियान र बंगलादेशको चितगोङ अवहानी लिमिटेड भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्