२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चिलीमा ४० लाख व्यक्तिलाई खानेपानीको आपूर्ति बन्द गरियो


0
Shares

४० लाख व्यक्तिहरुले उपभोग गर्दै आएका सो खानेपानी आपूर्ति बन्द गरिएको हो ।

आँधीबेहरी र पहिरोको कारण चिलीमा चार व्यक्तिले ज्यानसमेत गुमाइसकेका छन् । शनिबारबाट सुरु भएको अविरल वर्षा र पहिरोका कारण माटो–ढुंगासहितको पहिरो गएपछि माइपो नदी दूषित भएको थियो ।

यस नदीबाट सान्टियागो सहरमा रहेको घेरै आवासीय भवनमा खानेपानी आपूर्ति गरिन्छ । सो नदी सफा नहुँदासम्म करिब ४० लाख व्यक्तिको खानेपानी आपूर्ति रोक्नुपरेको अधिकारीहरुले बताएका छन् ।

तर, सो नदी कहिलेसम्म सफा हुने सो भने तय नभएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । मानिस आपत्कालीन धाराबाट बोतल र जारमा खानेपानी जम्मा गर्न लागेका छन् ।

बिनापानी नचल्ने रेस्टुरेन्टजस्ता व्यापार बन्द गर्न अधिकारीहरुले निर्देशन दिएका छन् भने सोमबारबाट सुरु हुने नयाँ शैक्षिकसत्र पनि अनिश्चित समयको लागि बन्द गरिएको छ ।

यसप्रकार खानेपानी आपूर्ति बन्द गरिनाले १४ लाख ५० हजार घर–परिवार प्रभावित भएका छन् ।

खानेपानी आपूर्तिको अभावका कारण सान्टियागो जिल्लाको ३० ओटा जिल्ला प्रभावित भएको सो क्षेत्रका गभर्नर क्लाउडिओ आर्रेगोले एक पत्रकार सम्मेलनमा बताएका छन् । रासस/एएफपी