
सिरियाली सरकारले रासायनिक हतियार प्रयोग गरेको भन्दै अमेरिका, ब्रिटेन र फ्रान्सले ल्याएको प्रस्ताव रुस र चीनले अस्वीकृत गरिदिएका हुन् ।
सुरक्षा परिषद्को प्रस्तावविरुद्ध उभिएर रुसले सिरियाली सरकारको बचाउ गरेको यो सातौं पटक हो ।
सिरियामा सन् २०११ यता सुरु भएको गृहयुद्ध पछि सुरक्षा परिषद्को प्रस्तावविरुद्ध चीन भने छैटौं पटक उभिएको छ ।
सन् २०१३ मा रुस र अमेरिकाबीचको सम्झौतापछि रासायनिक हतियार नष्ट गर्न सिरियाली सरकार सहमत भएको थियो ।
सिरियाली राष्ट्रपति बशर अल असादले आफ्नै जनताविरुद्ध रासायनिक हतियार प्रयोग गरेको आरोप लगाईएपनि उनले अस्वीकार गर्दै आएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति वार्तालाई असर गर्ने भन्दै सिरियाविरुद्धको प्रतिबन्ध पूरै अनुचित भएको जिकीर गरे ।
राष्ट्रसंघमा अमेरिकी दूत निक्की हेलले भने प्रस्ताव पारित नहुनु निराशाजनक भन्दै अब विश्व झनै खतरनाक बनेको प्रतिक्रिया दिएकी छन् ।
सिरियाली गृहयुद्धका कारण लाखौं मानिस मारिउका छन् भने आधाभन्दा बढी जनसंख्या शरणार्थी बन्न बाध्य बनाइएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्