Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


खाना पकाउने एलपी ग्यास नेपालबाट दुई वर्षभित्र हटाइने !


0
Shares

जलस्रोत तथा उर्जा पत्रकार समाज (वारेज) नेपालद्वारा बुधबार राजधानीमा ‘नेपालको पानी जनताको लगानी’ तथा ‘ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी कार्ययोजना’ को प्रगतिबारे आयोजित अन्तरक्रियामा ऊर्जामन्त्री शर्माले भने, ‘आगामी दुई वर्षभित्र खाना पकाउने ग्यासलाई बिजुलीले विस्थापित गर्नेगरी काम गरिरहेका छौं ।’

हाल देशभर वार्षिक करिब ६५ अर्ब रुपैयाँ बराबरको एलपी ग्यास आयात भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक डा. अमृतमान नकर्मीका अनुसार ग्यासलाई बिजुलीले विस्थापित गर्न करिब ६ सय मेगावाट बिजुली आवश्यक पर्छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट