५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


ठूलो मात्रामा हतियार र गोलीसहित पाँचजना पक्राउ


0
Shares

संखुवासभा, असार २१ । संखुवासभा प्रहरीले ठूलो मात्रामा हतियार र गोलीसहित पाँचजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी सिलिचोेङ गाउँपालिका–५ का केदार राई, ४ का पूर्णकुमार राई र सूर्यबहादुर राई, चिचिला–२ का सुरेन्द्र राई तथा भारत, बिहारका मोहम्मद मुन्ना खानलाई सार्वजनिक गरिएको हो ।

उनीहरुका साथबाट ७६५७ युएसए लेखिएको पेस्तोल एकथान, गोली १४ राउन्ड, म्यागजिन र थ्रीनट थ्री राइफल दुई/दुईथान, कटुवा पेस्तोल एकथान, त्यसमा प्रयोग गरिने गोली र विस्फोटक पदार्थ, डेटोनेटर, त्यसको खाली कभर दुईथान, एन्टेना जोडिएको सेतो रङको रिमोट, भरुवा बन्दुक एकथान र त्यसमा प्रयोग हुने बारुद, सोडा, गन्धकलगायत सामग्री बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारु मगरले बताए । रासस