२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


म्याग्दीमा राष्ट्रिय ब्याडमिन्टन हुने


0
Shares

यसअधिका तीन संस्करण राजधानीमा भएको प्रतियोगिताको चौथो संस्करण आगामी चैत ९ गतेदेखि १२ गतेसम्म म्याग्दीमा हुने भएको हो ।

म्याग्दी जिल्ला ब्याडमिन्टन संघको सह–आयोजनामा सन्चालन हुने प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, महिला एकल, भेट्रान्स डबल र १७ वर्षमुनिको पुरुष एकल गरी कुल पाँच विधामा प्रतिस्पर्धा हुनेछ ।

म्याग्दी जिल्ला खेलकुद विकास समितिले व्यवस्थापन गर्ने प्रतियोगिताको महिला युगलतर्फको विजेताले १ लाख रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

यस्तै, पुरुष एकलतर्फको विजेताले ६० हजार रुपैयाँ पुरस्कार पाउँदा दोस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

म्याग्दी जिल्लाको पर्यटन प्रबद्र्धन तथा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगितालाई राजधानीबाट सारिएको आयोजक गंगटा युथ क्लबको भनाइ छ ।