
धनकुटा नगरपालिकाले टुंडिखेल स्तरोन्नति गर्ने तयारी गरेसँगै सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको १३ औं संस्करण अनिश्चित बनेको हो ।
हरेक वर्ष चैतमा हुँदै आएको प्रतियोगिता खेल मैदान समस्याका कारण अनिश्चित भएको आयोजक समितिका सदस्य गोविन्द राईले जानकारी दिए ।
करिव ७७ लाख रुपैयाँ खर्चेर धनकुटा नगरपालिकाले टुंडिखेललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागेको छ ।
सहिद भीमनारायण श्रेष्ठको सम्झनामा २०५५ सालदेखि सो प्रतियोगिता हुँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्