
भक्तपुर । केदारनाथको शिर मानिने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि शिवरात्रीको तयारी पूरा छ ।
शिवरात्रीको दिन भोलि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि १२ बजेसम्म गर्भ गृहमा प्रवेशका लागि खुला गरिने डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।
भक्तजनलाई मन्दिर दर्शन सहज बनाउन आवश्यक प्रबन्ध मिलाइएको समितिले जनाएको छ ।
साधु–सन्त दक्षिणा दिने व्यवस्था मिलाइएको प्रचार प्रसार उपसमिति संयोजक एवम् समितिका सचिव विश्वराम थापाले जानकारी दिए ।
महाशिवरात्रीका लागि करिब ६ लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्