२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाल पुलिस नेपालगन्ज गोल्डकप फुटबलको सेमिफाइनलमा


0
Shares

शुक्रबार नेपालगन्ज रंगशालामा भएको खेलमा आयोजक नेपालगन्ज–११ लाई २–१ ले पराजित गर्दै पुलिसले सेमिफाइनलको यात्रा तय गरेको हो ।

पुलिसको तर्फबाट दुबै गोल पहिलो हाफमा भएको थियो । खेलको ३४औं मिनेटमा हरि कठायतले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । त्यसको २ मिनेट नबित्दै भरत शाहीले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा ६७औं मिनेटमा नेपालगन्जका रेजिन सुब्बाले गोल गर्दै गोल अन्तरलाई कम पारेका थिए । त्यसपछि दुबै टिमबाट थप गोल हुन नसकेपछि पुलिस २–१ ले खेल जित्न सफल भयो ।

उत्कृष्ट प्रदर्शन गरेका नेपालगन्जका सुब्बा ‘म्यान अफ द म्याच’ घोषित भए ।

शनिबार संकटा क्लब र सशस्त्र प्रहरीको क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।