१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


प्रधानमन्त्रीद्वारा दार्चुला जिप दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलि


0
Shares

काठमाडौं, फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलाको राताकाठामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

उनले ट्वीटमार्फत् दुर्घटनाका एकमात्र घाइते जिपचालकको शीघ्र स्वास्थ्यलाभको कामना र मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

शुक्रबार राति दार्चुलाको राताकाठामा भएको सो जिप दुर्घटनामा सात पुरुष, तीन महिला र एक बालिकाको मृत्यु भएको थियो । रासस