१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


देशका विभिन्न स्थानमा बर्षा हुने संभावना, सोमबारबाट मौसम खुल्ने


0
Shares

काठमाडौं । आज र भोली देशभरकै मौसम बदली भई केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । 

गएरातिदेखि सक्रिय पश्चिमी वायुको प्रभावले आज देशभरीकै मौसम बदली भई पश्चिमका धेरै तथा पूर्व र मध्यका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताए ।

यो प्रणाली अहिले पश्चिमबाट मध्यतिर सरिरहेकाले पश्चिम र मध्य क्षेत्रको मौसम बदली भएको उनले जानकारी दिए ।

यसकै प्रभावले अहिले सफा रहेको पूर्वको मौसम पनि दिउँसोपछि बदली भई केही ठाउँमा पानी पर्ने संभावना रहेको छ ।

सोमबारबाट भने मौसम खुल्ने छ ।  यसैबीच उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात भएपछि देशभरि नै चिसो बढेको छ ।

अझै केही दिन चिसो हावा चल्ने भएकाले तापक्रम तत्काल नबढ्ने अनुमान छ ।