२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘सिरियामा गृहयुद्ध सुरु भएयता गत वर्ष सबैभन्दा बढी बालबालिकाको मृत्यु’


0
Shares

युनिसेफले जारी गरेको तथ्यांकअनुसार सिरियामा युद्धका कारण कम्तीमा ६५२ जना बालबालिकाको मृत्यु भएको छ । यो संख्या सन् २०१५ को भन्दा २० प्रतिशत बढी हो ।

मारिनेमा २५५ जना बालबालिका विद्यालय वा आसपासको क्षेत्रमा गरिएको आक्रमणमा मारिएका हुन् ।

युनिसेफले सार्वजनिक गरेको औपचारिक तथ्यांकबाहेक पनि ठूलो संख्यामा बालबालिका मारिएको हुनसक्ने अनुमान गरिएको छ ।

सन् २०१६ मा ८५० जना बालबालिका विभिन्न लडाकु समूहले भर्ना गरेको युनिसेफले जनाएको छ । यो संख्या अघिल्लो वर्षकोभन्दा दोब्बर हो ।

सिरियामा गृहयुद्धका कारण ६० लाख बालबालिका चरम खाद्यान्न संकटको मारमा परेका छन् । (एजेन्सी)