
काठमाडौं, फागुन १७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ ।
बिहीबार अचानक अस्वस्थ भएपछि उनी उपचारार्थ नर्भिक अस्पताल भर्ना भएका थिए ।
उनका स्वकीयसचिव दुर्गा चापागाइँकाअनुसार मन्त्री पुनको स्वास्थ्यमा सुधार आएकाले शनिबार बिहानसम्म घर फिर्ता पठाइनेछ ।
उनको उपचारमा चिकित्सकहरु यादव भट्ट, मधु घिमिरे र युवराज शर्मा संलग्न छन् ।
मन्त्री पुन अस्पताल भर्ना भएको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नै उक्त अस्पताल पुगेर स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए ।
यस्तै, शुक्रबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेताहरुले मन्त्री पुनको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्