
कोना जिल्लामा फेलापारिएको उक्त हिराको तौल ७ सय ९ क्यारेट रहेको छ । यसको बजार मूल्य भने उल्लेख गरिएको छैन ।
विश्वमा फेलापरेका २० ओटा ठूला हिरामध्ये यो पनि एक हो ।
राजधानी फ्रि टाउनस्थित केन्द्रीय बैंकमा राखिनुअघि उक्त हिरा राष्ट्रपतिलाई देखाउन लगिएको थियो ।
हिरा फेलापरेको क्षेत्रका समुदाय यसबाट कसरी लाभान्वित हुनेछन् भन्ने चासोको विषय बनेको बताइन्छ ।
सियरालियोन हिराको लागि धनी क्षेत्र मानिन्छ । गृहयुद्धले ध्वस्त बनेको यस मुलुकमा हिरा व्यापार संघर्ष चर्किनुको एउटा कारक मानिन्छ ।
लडाकु समूहहरुले हतियार खरिदमा हिरा व्यापारलाई प्रयोग गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्