४ असार २०८१, मंगलबार | Tue Jun 18 2024


अमेरिकी राष्ट्रपतिको आरोप संसदबाट अस्वीकृत


0
Shares

राष्ट्रपति ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामा प्रशासनद्वारा चुनाव प्रचारका क्रममा आफ्नो फोन निगरानीमा राख्ने गरेको आरोप लगाएका थिए । उक्त आरोप सीनेटको जासूसी मामला हेर्ने कमिटीले उक्त आरोप अस्वीकार गरेको हो ।

ट्रम्प टावरमा चुनाव पूर्व र पछि पनि कुनैखाले निगरानी गरिएको फेला नपरेको सीनेटको जासूसी मामला हेर्ने कमिटीका अध्यक्ष रिपब्लिकन सीनेटेर रिचर्ड बरले प्रष्ट गरे ।

यसअघि प्रतिनिधिसभाका सभामुख पल रायनले पनि फोन ट्याप गरिएको कुरा सत्य नभएको बताइसकेका थिए ।

पूर्व राष्ट्रपति ओबामा र उनको प्रशासनले पनि फोन ट्यापिङको आरोप अस्वीकार गरिसकका छन् । (एजेन्सी)