
उत्तर कोरियाका विषयमा बढ्दो चिन्ताले उनको भ्रमणमा उठ्ने अरु विषय ओझेलमा पारेको बताइएको छ । शुक्रबारमात्र अमेरिकी विदेशमन्त्री टिलर्सनले दक्षिण कोरिया या अमेरिकी सेनालाई चुनौति दिए प्योङयाङ विरुद्ध सैन्य कारवाही गर्ने चेतावनी दिएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाको रवैया अत्यन्त खराब रहेको उल्लेख गरेका छन् । अमेरिकी विदेशमन्त्रीको भ्रमणका क्रममा बेइजिङले उत्तर कोरियाको आणविक हतियारमा लगाम लगाउनुपर्ने भनाई विरुद्ध रोष प्रकट गर्ने सम्भावना रहेको छ ।
यस्तै यसै महिनाको शुरुमा दक्षिण कोरियामा राखिएको अमेरिकी मिसाइल प्रतिरक्षा प्रणाली सम्बन्धमा पनि चीनले असन्तुष्टि जनाउने अनुमान गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको उत्तेजक व्यवहार नियन्त्रण गर्न चीनले सहयोग नगरेको बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्