
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा उनले स्थानीय तहको निर्वाचनको वातावरण बनाउन एमालेसँग आग्रह गरे ।
स्थानीय तहको निर्वाचनको सबै तयारी पूरा भएको भन्दै दाहालले सहयोगी भूमिमा निर्वाह गर्न एमाले नेतृत्वसँग आग्रह गरेका हुन् ।
सरकारले मधेसी मोर्चालाई पनि निर्वाचनमा ल्याउन हरसम्भव प्रयास गरिरहेको भन्दै प्रधानमन्त्री दाहालले निर्वाचनका विषयमा सबै दलको समान धारणा बन्नुपर्नेमा जोड दिए ।
एमाले नेताहरुले भने सरकारले नै निर्वाचनको वातावरण नबनाएको आरोप लगाएका थिए ।
उनीहरुले संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए ।
एमाले निर्वाचनको पक्षमा रहेको भन्दै नेताहरुले शान्ति–सुरक्षाको वातावरण बनाउन आग्रह गरेका थिए ।
छलफलमा प्रधानमन्त्री दाहालसहित एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायतका नेताको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्