 
	    मोर्चाले सुनवर्षी नगरपालिका, कटहरी, दादरवेरिया, धनपाल गाउँपालिकाका कार्यालयमा तालाबन्दी गरेर कागजपत्र नियन्त्रणमा लिएको हो । उनीहरुले जिल्ला समन्वय समितिको बोर्डसमेत हटाएका छन् ।
बोर्ड हटाउनेक्रममा प्रहरीसँग मोर्चाको केहिबेर घम्साघम्सीसमेत परेको थियो ।
संघीय समाजवादी फोरम मोरङ अध्यक्ष राजकुमार यादवको नेतृत्वमा गएको मोर्चाको टोलीले कार्यालय खुल्नेबित्तिकै तालाबन्दी गरेको थियो ।
जिल्लाका दक्षिणी भेगमा पर्ने नगरपालिका र गाउँपालिकामा गरिएको तालाबन्दीपछि यी निकायको कामकाज प्रभावित बनेको छ ।
सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनको घोषणा गरेको भन्दै पार्टीको केन्द्रीय कार्यक्रमअनुसार स्थानीय तह कार्यान्वयन हुन नदिन जिल्ला समन्वय समिति, नगरपालिका तथा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको यादवले बताए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्