
रसुवा । चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको ढुङ्गा पन्छाउन नसक्दा यातायात सञ्चालनमा आउन सकेको छैन ।
बर्षातको समयमा पहिरो खस्दा अवरुद्घ बनेको सडकको पहिरो गल्छी–त्रिशुली–स्याफु्रबेसी सडक आयोजनाले पन्छाउन नसक्दा आठ महिना बित्दा समेत सञ्चालनमा आउन नसकेको हो ।
आयोजनाले स्तरोन्नतीको काम समेत अगाडि बढाउनु पर्नेमा सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गर्नु परेपछि काममा ढिलाइ भएको जनाएको छ ।
मैलुङ–स्याफ्रुबेँसी सडकमा झरेको ढुङ्गा ब्लाष्टिङको लागि अनुमति नपाएको आयोजनाले जनाएको छ ।
२०७२ बैसाख १ गतेदेखि निर्माण सुरु भएको सडकको गत जेठ ६ गते ट्रयाक खोल्ने कार्य सकिएको थियो ।
ट्रयाक खोलेपछि केही दिन सवारी सञ्चालनका लागि अनुमति दिइएको थियो । यो आयोजना राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजना हो ।
प्रतिक्रिया दिनुहोस्