२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


२८ मुलुकका सैनिक पाँचखालमा, १५ दिने अभ्यासमा के–के हुन्छ ? (भिडियो)


0
Shares

पाँचखालको वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा नेपाली सेनाले आयोजना गरेको अभ्यासको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे ।

यो अभ्यास यही चैत २१ गतेसम्म चल्नेछ । अभ्यासकाक्रममा शान्ति स्थापनाका लागि परिचालन हुँदा आउने चुनौतीको सामना गर्न स्थलगत अभ्यास तथा उच्चतहमा रहँदा बहन गर्नुपर्ने दायत्वकाबारेमा छलफलसमेत हुनेछ ।

नेपाल विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौं स्थानमा रहेको छ । नेपाली सेनाले हालसम्म विश्वका ४१ ओटा शान्ति मिसनमा रहेर काम गरिसकेको छ ।

नेपाली सेनाका चार हजार ४६२ जनशक्ति हाल विश्वका १५ ओटा मिसनमा खटिइरहेको पनि नेपाली सेनाले जनाएको छ ।

भिडियो हेर्नुहोस्