१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


८ मुस्लिम मुलुकबाट विमानमा ठूला इलेक्ट्रोनिक सामग्री लैजान अमेरिकाको प्रतिबन्ध


0
Shares

यो निर्णय विभिन्न १० ओटा विमानस्थल रोयल जोर्डन, इजिप्ट एअर, टर्किस एअरलाइन्स, साउदी अरबियन एअरलाइन्स, कुबेत एअरवेज, इमाइरेट्स, इत्त्तिहाद एअरवेजमा लागू गरिनेछ ।

प्रतिबन्ध लगाइएका सामग्री मोबाइल फोन र स्मार्टफोनभन्दा ठूला सामग्रीमा रहनेछन् ।

प्रतिबन्धको समयसीमा भने केही उल्लेख गरिएको छैन ।

अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागले अतिवादीहरुले नयाँ–नयाँ तरिकाबाट विमान खसाल्ने योजना बनाउन खोजिरहेको जनाएको छ । अमेरिकी सरकार आतंकवादीहरुप्रति सचेत रहेको बताइएको छ ।

ल्यापटफ, ट्याब्लेट, क्यामरा, डीभीडी प्लेयर, इलेक्ट्रोनिक गेमहरुमा बम लुगाउनसक्ने होमल्यान्ड सेक्युरिटी विभागले उल्लेख गरेको छ । (एजेन्सी)