२ असार २०८१, आइतबार | Sun Jun 16 2024


ट्याक्टरको ठक्करबाट बालिकाको ज्यान गयो


0
Shares

को२त ४२०१ नम्बरको ट्याक्टरको ठक्करबाट १३ वर्षीया बालिका लीला राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरबाट विद्यालयतर्फ जाँदै गरेकी बालिका राईलाई सडकछेउमा तीव्रगतिमा आएको ट्याक्टरले ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागी घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटनापछि उचित क्षतिपूर्ति र ट्याक्टर चालकलाई कडा कारबाहीको माग गदै स्थानीयवासी र विद्यार्थीले सो क्षेत्रमा केहीबेर चक्काजाम गरेका थिए ।