१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024


पोखरीमा डुवेर एक जनाको ज्यान गयो


0
Shares

कपिलवस्तु, असार २१ । कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ४ रेहनीया बरईपुरको पोखरीमा डुवेर एकको ज्यान गएको छ ।

अन्दाजी करिब २४/२५ बर्ष जस्तो देखिने मानसिक सन्तुलन गुमाएको मागेर खाने युवकको पोखरीमा डुवेरा ज्यान गएको वडा नं ४ का वडा अध्यक्ष शुशिल कुमार चौधरीले जानकारी दिए।

मृतकको परिचय अझै सम्म खुल्न नसकेको बताइएको छ । कालो बर्ण जस्तो देखिने युवकको शब पानीमा डुवेको अवस्थामा देखेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । 

पोखरीको किनारमा कपडा राखिएकोले युवक नुहाउन पोखरीमा गएको र पौडीन नसेको पानीमा डुवेको हुन सक्ने अनुमान गरिएको छ ।

युवक बुधवार साझा नै डुवेको हुन सक्ने इलाका प्रहरी कार्यालय महाराजगंजले अनुमान गरेको छ । युवकको शव पोष्टमार्टमका लागि तौलिहवा पठाइएको छ ।

खेतमा सिचाई गर्नका लागि रेहनीया बरईपुरका स्थानियले पोखरी खनेका थिए ।