Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


आर्मी दोश्रो नेपाल कप भेट्रान फुटबलको सेमिफाइनलमा


0
Shares

स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ नेपालद्वारा संयुक्त आयोजित प्रतियोगितामा आर्मीले ढोलाहिटी युथ क्लबलाई ३–२ गोलले पराजित गर्‍यो । आर्मीका लागि नरेन्द्र खवास, श्रवण विष्ट र सिजर गुरुङले १–१ गोल गरे । ढोलाहिटीका विजय गुरुङले सान्त्वना गोल फर्काए । ढोलाहिटीका लालबहादुर लिम्बू ‘म्यान अफ द म्याच’ चुनिए ।

सेमिफाइनलमा आर्मीले साइनिङ सन स्टार क्लब, कैलाली र नाइट किङ क्लब, सानो गौचरणबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल पुग्ने आर्मी दोश्रो टोली हो । यसअघि ब्वाइज स्पोर्ट्स क्लब, काठमाडौंले सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।